Like us!
Follow us!
Connect us!
Watch us!

नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, २१ : १९ मा प्रकाशित

नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

 नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए ।

नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा 'पूर्ण रूपमा स्पष्ट' गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे ।

स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन 'बलियो सन्देश' पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताएको छ ।

इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने, 'मैले आयरल्यान्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु । इजरायलको सार्वभौमसत्तामा आँच पुर्याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु झुक्ने छैन । चुप लागेर बस्ने छैन । यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ भने, तिनीहरू विरुद्ध कदम चालिनेछ ।

इजरायली विदेशमन्त्रीले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई 'आतंकवादलाई इनाम दिइन्छ' भन्ने सन्देश दिएको पनि बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको