Like us!
Follow us!
Connect us!
Watch us!

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !

अर्थ संसार

विहीबार, १० जेठ २०८१, ०८ : ५७ मा प्रकाशित

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !

साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन् । 

नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर रहेका छन् । उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए । 

अब नेइमार अर्को सिजनको शुरुवातमा पनि अल हिलालबाट खेल शुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन् । जिससले नेइमार सेप्टेम्बर-अक्टोबर भन्दा अगाडी मैदानमा आउन नसक्ने उनले बताए । 

इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिका समेत गुमाएका छन् ।  कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ । 

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको