Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ६ अंकले ओरालो, आज पनि लगानीकर्ता निराश

विहीबार, ०९ मंसिर २०७३, १६ : ४७ मा प्रकाशित

नेप्से ६ अंकले ओरालो, आज पनि लगानीकर्ता निराश

अर्थ संसार 
काठमाडौं – लगातार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन भने ६ अंकले मात्र घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९८ अंकले ओरालो लाग्दा परिसूचक १५३४.०३ अंकमा पुगेको छ । १३६ कम्पनीको १६ लाख सात हजार ९८ कित्ता सेयर ९९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव १८ अंकले ओरालो लागेको छ । कारोबारमा बैङ्किङ, होटेल, वित्त र अन्य समूहको परिसूचक उकालो लागे पनि बाँकी समूहको परिसूचक ओरालो लागेका छन् ।  होटेल समूहको परिसूचक ४१.७९,अन्य १३.८८, बैङ्किङ समूहको परिसूचक २.५४ र वित्त समूहको परिसूचक १.२८ अंकले उकालो लागेका छन् । त्यस्तै सबै भन्दा बढी ओरालो लाग्न समूहमा बिमा समूह रहेको छ । बिमाको २४६.९५ अंकले ओरालो लागेको छ भने जलविद्यूत २१.०२, विकास बैङ्क १८ .९३ र उत्पादन तथा प्रशोधन कम्पनीको परिसूचक शून्य दशमलव ९५ अंकले ओरालो लागेका छन् ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको