Like us!
Follow us!
Connect us!
Watch us!

१.२ किलो सुन जिन्समा लेपन गरि आएका भारतीय पक्राउ

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १७ : ५५ मा प्रकाशित

१.२ किलो सुन जिन्समा लेपन गरि आएका भारतीय पक्राउ

आफैले लगाएको जिन्स पैन्टमा १.२ किलो सुन जिन्समा लेपन गरि आएका एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युएईको दुबईबाट काठमाडौँ आएका ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । एक्सरे मेसिनमा जिन्स अस्वाभाविक देखिएपछि खानतलासी लिँदा उनको पैन्टमा सुन लेपन गरिएको फेला परेको थियो । उनको साथबाट प्रहरीले थप ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको