Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा बेवारिसे अवस्थामा फेला पर्यो ४५ थान नक्कली सुनको बिस्कुट

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, १९ : ५७ मा प्रकाशित

पोखरामा बेवारिसे अवस्थामा फेला पर्यो ४५ थान नक्कली सुनको बिस्कुट

पोखरामा प्रहरीले बेवारिसे अवस्थामा ४५ थान नक्कली सुनको बिस्कुट फेला पारेको छ ।

पोखरा-१५ टुटुङ्गा ढुङ्गेसाघुको पुल नजिक झाडीमा बेवारिसे अवस्थामा कालो झोलाभित्र पहेलो सुन जस्तो देखिने ४५ थान धातु फेला परेको थियो । सशस्त्र प्रहरी बल नेपालको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका सशस्त्र प्रहरी कर्मचारीहरुले बाहिरी अभ्यासको क्रममा खटिएको बेला उक्त परिमाणको धातु भेटेका थिए ।

तर अनुसन्धान टोलीले उक्त चिजबस्तुलाई स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि तथा स्थानिय भद्रभलाद्मीको रोहबरमा बरामद गरी चेकजाँचका लागि सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाउँदा सुन नभएको भनी पत्र पाएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान कार्य भई रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको