Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, २० : ४६ मा प्रकाशित

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरालाई आज कपिलवस्तुको धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने आजै दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको फ्लाइटमार्फत काठमाडौं ल्याइएको थियो । जिल्ला अदालत काठमाडौंले उनी बिरामी रहेको भन्दै अस्पताल भर्ना गराउन आदेश दिएपछि नर्भिक अस्पताल लगिएको हो ।

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई कारवाहीका लागि मुद्दा चलाउन सिफारिस गरिएको छ । सोही बमोजिम सिआईबीको टोलीले महरालाई निगरानीमा राखेको थियो । महराका छोरा राहुल महरा पनि भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग मिलेर संगठित तस्करी गरेको आरोपमा थुनामा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको