Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलमा रोकिएन सुन तस्करी, ८५५ ग्राम सुनसहित भारतीय पक्राउ

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १२ : ३१ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा रोकिएन सुन तस्करी, ८५५ ग्राम सुनसहित भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

सोमबार राति फ्लाई दुबईको उडानबाट युएई हुँदै नेपाल आएका भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट अर्धठोस अवस्थामा रहेको ८५५ ग्राम सुन बरामद भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा सुन बरामद भइरहे पनि त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको