Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलमा फेरि सुन बरामद, लगाएको लुगामै लेपन गरि सुन तस्करी

अर्थ संसार

विहीबार, १० फागुन २०८०, २० : १० मा प्रकाशित

त्रिभुवन विमानस्थलमा फेरि सुन बरामद, लगाएको लुगामै लेपन गरि सुन तस्करी

त्रिभुवन विमानस्थलमा फेरि एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार अपरान्ह कतारको दोहाबाट मुम्बई हुँदै नेपाल आएका भारतीय नागरिक ३५ वर्षीय मोहम्मद जेसनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट आफैले लगाएको लुगा लगायत कपडामा लेपन गरिएको अवस्थामा रहेको करिब एक केजी सुन बरामद भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा सुन बरामद भइरहे पनि त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको