Like us!
Follow us!
Connect us!
Watch us!

चीन सीमा हुँदै भन्सार छलेर ल्याइएको सुनसहित दुई पक्राउ

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १० : ५३ मा प्रकाशित

चीन सीमा हुँदै भन्सार छलेर ल्याइएको सुनसहित दुई पक्राउ

रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर ल्याइएको सुनसहित दुई जना पक्राउ परेका छन् ।

सुन तस्करी गरी काठमाडौं ल्याएको गोप्य सूचनाको आधारमा प्रहरीले सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट अन्दाजी १२८.७ ग्राम सुन बरामद गरेको जनाएको छ ।

उनीहरुलाई काठमाडौं वडा नम्बर १८ नरदेवीबाट उक्त परिमाणको सुनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य १३ लाख ९१ लाख भन्दा बढी पर्न जान्छ । पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको