Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानतमा रिहा

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १४ : २४ मा प्रकाशित

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानतमा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि महरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले हाजिरी जमानतमा रिहा गरेको हो । महरालाई चैत ५ गते कपिलवस्तुको धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । यस अघि स्वास्थ्य स्थितिमा समस्या देखिएको भन्दै उनलाई अस्पतालमा राख्न अदालतले आदेश दिएको थियो ।

सिआइबीले महराको बयान सकिएपछि स्वास्थ्यको कारण देखाउँदै हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारी वकिलसँग अनुमति मागेको थियो । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई कारवाहीका लागि मुद्दा चलाउन सिफारिस गरिएको छ । महराका छोरा राहुल महरा पनि भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग मिलेर संगठित तस्करी गरेको आरोपमा थुनामा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको