Like us!
Follow us!
Connect us!
Watch us!

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ०७ : २९ मा प्रकाशित

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदै छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।    

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको