Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश सिरोहिया पक्राउ प्रकरण:बिबादमा परेका मह जोडीले अष्ट्रेलियाबाटै मागे माफी

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १२ : १४ मा प्रकाशित

कैलाश सिरोहिया पक्राउ प्रकरण:बिबादमा परेका मह जोडीले अष्ट्रेलियाबाटै मागे माफी

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर गल्ती गरेको भन्दै क्षमा मागेका हुन् ।

एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका मह जोडीले भिडियो सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर  गल्ती गरेको भन्दै दर्शक सामु क्षमा याचना गरेका छन् ।

श्रेष्ठ र आचार्यले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ता कतिपयले भने अदालती प्रकृया अनुसार सिरोहिया पक्राउ परेको विषयलाई प्रेस स्तन्त्रासँग जोडेको र अदालतमा विचाराधीन मुद्दामा आरोपीको वचाउ गरेको भन्दै दिग्गज कलाकारहरु श्रेष्ठ र आचार्यमाथि आक्रोश पोखेका थिए ।

मह जोडीले अदालतमा विचारधीन मुद्दाका विषयमा दिएको अभिव्यक्ति दिँदा आफूहरूबाट त्रुटि भएको स्वीकार गर्दै भनेका छन्

‘अस्तिनै हामी एउटा क्याफैमा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ,’ मदनकृष्णले भिडियोमा भनेका छन्, ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

दुई जना सँगै बसेर बनाइएको भिडियोमा हरिवंशले अदालतमा विचारधीन मुद्दाका विषयमा आफूहरुले बोल्दा त्रुटि भएकोले सबै कुरा बिर्सिएर माफी दिन आग्रह गरेका छन् ।

‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको