Like us!
Follow us!
Connect us!
Watch us!

उतारचढाब बीच सुनको मूल्य हप्ता दिनमै ५३ सयले सस्तीयो

अर्थ संसार

शनिबार, ०६ असार २०८३, ०८ : २६ मा प्रकाशित

उतारचढाब बीच सुनको मूल्य हप्ता दिनमै ५३ सयले सस्तीयो

पछिल्लो एक हप्ताको अवधिको सुनको मूल्य ५ हजार ३०० रुपैयाँले घटेको छ । गत जेठ २९ गते शुक्रबार नेपाली बजारमा प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य असार ५ गते शुक्रबारसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ ३१ गते आइतबार नेपाली बजारमा सुनको मूल्य ६ हजार ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो । त्यस्तै, असार १ गते सोमबार एकैदिन सुन प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी,असार २ गते मंगलबार भने प्रतितोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य त्यसदिन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै, असार ३ गते बुधबार भने सुनको मूल्य घटेको छ । उक्त दिन सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, असार ४ गते बिहीबार पनि सुनको मूल्य प्रतितोलामा १०० रुपैँयाले घटेर त्यसदिन २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । असार ५ गते शुक्रबार भने अघिल्लो दिनको तुलनामा एकैदिन सुनको मूल्य प्रतितोलामा १० हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको