Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटब : अमेरिका नकआउट चरणमा, अष्ट्रेलिया पराजित

अर्थ संसार

शनिबार, ०६ असार २०८३, ०८ : २३ मा प्रकाशित

विश्वकप फुटब : अमेरिका नकआउट चरणमा, अष्ट्रेलिया पराजित

फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अष्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ । नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो ।

यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले अष्ट्रेलियालाई २ गोलले हरायो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उसले उपहारका रुपमा प्राप्त गर्यो ।

खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोष्टमा गोल भए पछि अमेरिकाले अग्रता लिएको थियो । खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले थप गोल गरे । त्यसपछि खेलमा थप गोल भएन । यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको