Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतले वृद्धि

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १४ : २४ मा प्रकाशित

एक वर्षमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतले वृद्धि

नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० र०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो ।

शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो ।

एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह कक्षा (९ १२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको