Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको अधिकृत पूँजी सात गुणा बढीले बढ्यो !

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १७ : ३९ मा प्रकाशित

युनिलिभर नेपालको अधिकृत पूँजी सात गुणा बढीले बढ्यो !

युनिलिभर नेपालले आफ्नो अधिकृत पूँजी बढाएर दुई अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको अनुमति लिएर कम्पनीले ३० करोड रहेको अधिकृत पूँजी दुई अर्ब १४ करोड रुपैयाँ पुर्याएको हो । कम्पनीको चुक्ता पूँजी भने नौ करोड २० लाख ७० हजार रुपैयाँ मात्र रहेको छ । कम्पनीका अनुसार अब दुई करोड चौध लाख कित्तामा विभाजित प्रिफरेन्स, साधारणलगायत विभिन्न सेयरमा उक्त पूँजी जारी गर्न सकिनेछ ।

अधिकृत पूँजी वृद्धि गरेसँगै कम्पनीले व्यवसाय विस्तार गर्ने रणनीति लिएको हुनसक्ने अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको