Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १० : १२ मा प्रकाशित

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर आम सर्वसाधारणका लागि  बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले आइब्रोक्स इन्टरनेशनल प्रालिको नाममा रहेको १ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त कम्पनीबाट सेयर बिक्रीका लागि आवेदन आएको भन्दै फाइनान्सले उक्त सेयर किन्न इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको थियो । तर, ३५ दिनको समय राखेर चैत ३ गते सूचना जारी गरे पनि उक्त समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले उक्त सेयर आम रुपमा सबैले किन्न पाउने गरि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।

अब उक्त सेयर खरीद गर्न ईच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको