Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : नेप्से परिसूचक करिब ३ प्रतिशतले बढ्यो, औषत कारोबार ५ अर्ब ८३ करोड

अर्थ संसार

शनिबार, ०२ साउन २०८३, ०७ : २५ मा प्रकाशित

साताको सेयर : नेप्से परिसूचक करिब ३ प्रतिशतले बढ्यो, औषत कारोबार ५ अर्ब ८३ करोड

यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६००.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९५ प्रतिशत अर्थात ७६.७६ अंक बढेर २६७७.५४ विन्दुमा बन्द भएको हो ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १४.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंक बढेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ८५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २०.३५ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ९६.६२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २१.३३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४६ खर्ब रुपैयाँ पुगेको छ । यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ । गत साता १० हजार ६४२.७१ विन्दुमा बन्द भएको नेप्से, यस साता ४००.४१ अंक बढेर ११ हजार ४३.१२ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको हो ।

यस साता व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.९१ प्रतिशत बढेको छ । गत साता ३२९९.२८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २९.९२ अंक बढेर ३३२९.२० विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२५ अंक बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको