Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ता ?

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १० : १४ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ता ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज ७.४७ प्रतिशतले बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस्तो ब्याज अघिल्लो वर्ष २१ करोड १६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २७ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको सञ्चालन नाफा १५ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

नाफामा आएको वृद्धिको मुख्य कारण लघुवित्तले खराब कर्जा फिर्ता गराउन सक्नु र ब्याज खर्चलाई नियन्त्रणमा राख्नु रहेको देखिएको छ । वित्तीय विवरण अनुसार लघुवित्तको नाफामा भएको वृद्धिले सेयरधनीहरूको लाभांश पाउने क्षमतामा पनि प्रत्यक्ष सुधार ल्याएको छ । असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको ९ करोड ३ लाख रुपैयाँको तुलनामा ५०.७६ प्रतिशत बढी हो । यस आधारमा लघुवित्तको वार्षिक प्रति सेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ ।

लघुवित्त क्षेत्रकै लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको निष्क्रिय कर्जालाई फस्र्ट माइक्रोफाइनान्सले उल्लेख्य रूपमा घटाएको छ । अघिल्लो वर्ष ३.८४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घट्दै २.८८ प्रतिशतमा झरेको छ ।

लघुवित्तले आफ्नो ब्याज खर्च व्यवस्थापनमा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ६.२२ प्रतिशत रहेको ‘कस्ट अफ फन्ड्स’ गत वर्ष घटेर ४.७५ प्रतिशतमा ओर्लिएको छ । यसैगरी आधार दर पनि ७.५६ प्रतिशतबाट घटेर ६.४१ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा र प्रतिसेर नेटवर्थ १३७ रुपैयाँ २६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको