पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा घाइते भएका छन् । केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भाँचिएको हो।
उपचारपछि उनलाई स्थानीय अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिइएको छ। पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग सार्वजनिक स्थानमा देखिएका छन्। उनीसँग सम्बन्धित केही भिडियोसमेत सार्वजनिक भएका छन्।
देउवा थप उपचारका लागि भन्दै गत चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारपछि चिकित्सकको निगरानीमा आराम गरिरहेको स्रोतले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस