Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, कारोबार साढे ४ अर्ब माथि

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, १५ : ०५ मा प्रकाशित

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, कारोबार साढे ४ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार परिसूचक ७९.७४ अंकले बढेको हो । 

आज सेयर बजार अघिल्लो दिनको भन्दा ३.०६ प्रतिशतले बढेर २६७७.५४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।  त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ११.५१ अंकले बढेर ४६८.३८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । 

परिसूचक उच्च अंकले बढेको दिन आज साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ५८ हजार ९४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजार माएउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको