Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी नियुक्त गर्दै

अर्थ संसार

शनिबार, १९ जेठ २०८१, १६ : ५३ मा प्रकाशित

काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी नियुक्त गर्दै

काठमाडौं महानगरले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी करारमा नियुक्ति गर्ने भएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै नगर प्रहरी जवान र नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त माग गरेको हो । सूचना अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारले सात दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नसक्नेछन् ।

वैकल्पिक सूची काठमाडौं महानगरपालिकाको वेबसाइटको डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको महानगरले जनाएको छ । दरखास्त दिँदा वैकल्पिक दर्ता नं. खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको