Like us!
Follow us!
Connect us!
Watch us!

फोहोर बोक्ने गाडीका चालक रिहा नगरे सिंहदरबार, पार्टी कार्यालय तथा नेताको घरको फोहोर नउठ्ने मेयर बालेनको घोषणा

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १८ : ११ मा प्रकाशित

फोहोर बोक्ने गाडीका चालक रिहा नगरे सिंहदरबार, पार्टी कार्यालय तथा नेताको घरको फोहोर नउठ्ने मेयर बालेनको घोषणा

फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि काठमाडौं महानगरका मेयर बालेन शाह आक्रोशित बनेका छन् ।

समाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले चालकहरुलाई रिहा नगरेसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।

मेयर बालेनले लेखेका छन्, "भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन!"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको