Like us!
Follow us!
Connect us!
Watch us!

बालेनसँग सडक डिभिजनको जुहारी, न्युरोडको सडक पुनर्स्थापना नगरे कारवाही गर्ने चेतावनी

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, २० : १७ मा प्रकाशित

बालेनसँग सडक डिभिजनको जुहारी, न्युरोडको सडक पुनर्स्थापना नगरे कारवाही गर्ने चेतावनी

काठमाडौंको न्युरोडमा खनिएको तथा भत्काइएको सडक दुई २ दिन भित्र पुनर्स्थापना गर्न सडक विभागले काठमाडौं महानगरलाई पत्र लेखेको छ ।

विभागले पत्रमा न्यूरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडक खण्डमा महानगरबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को वर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन जेठ १३ गते अनुरोध गरिएकोमा हालसम्म पनि सडक पुनर्स्थापना नभएको उल्लेख गरेको छ ।

पत्रमा लेखिएको छ, "नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ । तसर्थ, तहांबाट भत्काइएको सडक खण्ड २ दिन भित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन नहुने व्यहोरा समेत अनुरोध छ ।"

सडक डिभिजन कार्यालयको कार्यक्षेत्र भित्र सहमति बिना कुनै पनि काम नगर्न/नगराउन अनुरोध गरिएको पनि पत्रमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको