Like us!
Follow us!
Connect us!
Watch us!

मेयर बालेन कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १० : ४६ मा प्रकाशित

मेयर बालेन कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् ।

वार्षिक रुपमा आयोजना हुने ७७ औँ संस्करणको फेस्टिभल भाग लिन आज बिहान उनी त्यसतर्फ उडेका हुन् । भ्रमण टोलीमा मेयर बालेनका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् । १२ दिनसम्म चल्ने उक्त फेस्टिभलअन्तर्गत तीन दिनको कार्यक्रममा सहभागी भएर टोली जेठ ७ गते स्वदेश फर्किने छ ।

भ्रमणका क्रममा मेयर शाह विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने जनाइएको छ । उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने तथा फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा सहभागी हुने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको