Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

अर्थ संसार

विहीबार, ०६ असार २०८१, २० : १३ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

सत्ता समीकरण दलका तीन शिर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार अहिले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुदै छ ।

पछिल्लो समयमा बजेटका विषयमा सत्ता समीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरुले सार्बजनिक रुपमै आलोचना गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्ता समीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको