Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय परामर्शका लागि मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १८ : १० मा प्रकाशित

वित्तीय परामर्शका लागि मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. बीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लूएचओको मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ ।

कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ । वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको