Like us!
Follow us!
Connect us!
Watch us!

न्यायाधिशको प्रलोभन देखाएर अध्यक्ष नियुक्तिको बाटो खुला गरिदिन महान्याधिवक्तालाई प्रयास भएको हो ?

अर्थ संसार

बुधबार, ०५ असार २०८१, १४ : ४९ मा प्रकाशित

न्यायाधिशको प्रलोभन देखाएर अध्यक्ष नियुक्तिको बाटो खुला गरिदिन महान्याधिवक्तालाई प्रयास भएको हो ?

खुलेआम अर्बौं रुपैयाँको डिल हुँदै गरेको भनेर अख्तियारमा सम्म उजुरी परेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति अहिले सर्बोच्च अदालतको न्यायाधिश बनाउने प्रलोभवन सम्म पुगेको स्रोतको दाबी छ। 

अर्बौं रुपैयाँ चलखेल भएको भन्दै बोर्ड अध्यक्षका प्रत्याशीमध्ये तीन जना आफ्नो कार्यपत्र प्रस्तुतिकरण र अन्तरवार्तामा उपस्थित नभएपछि धितोपत्र बोर्ड ऐन अनुसार अध्यक्ष सिफारिस समितिले मन्त्रिपरिषद् समक्ष नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न नमिल्ने भएको छ । 

तर उक्त प्रक्रियालाई जसरी पनि अगाडि बढाएर विचौलिया दीपक भट्टका उम्मेदवार सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउनुपर्ने भन्दै महान्याधिवक्ता डा. दिनमणी पोखरेललाई सर्वोच्च अदालतको न्यायाधिश बनाईदिने अफर पुगेको स्रोतको दाबी छ। अहिले जसरी भएपनि सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिदिन मिल्नेगरी राय लेखिदिन अफर पुगेको स्रोतको दाबी छ। 

आज भएको अन्तरवार्तामा पनि तीनै जना उम्मेदवार प्रस्तुत नभएपछि अध्यक्ष छनौट सिफारिस समितिले महान्याधिवक्ताको कार्यालयको सुझाव लिएर अघि बढ्ने निर्णय गरेको थियो ।

तर धितोपत्र बोर्ड ऐन अनुसार प्रस्तुतिकरण र अन्तरवार्तापछि योग्य तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नुपर्दछ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेका कारण दुई जनाले मात्र उक्त प्रक्रिया सहभागि हुँदा सिफारिस गर्न नमिल्ने सम्बद्ध कानून विद्हरु बताउँछन् । ‘

अन्तिम ५ मा छानिएका मध्ये आर्थिक चलखेलका कारण तीन जनाले उक्त प्रक्रियालाई नै बहिस्कार गरेपछि धितोपत्र एने अनुसार अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद् समक्ष दुई जनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन,’ एक कानून विद्ले भने, ‘बोर्डको ऐनमा भएको व्यवस्था अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपछि अब यो प्रक्रिया रद्ध गरेर नयाँ प्रक्रियामा जानुको विकल्प छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको