Like us!
Follow us!
Connect us!
Watch us!

सडकपेटीमै बाइक मर्मत गरि मोबिल पोख्ने वर्कसपलाई कारवाही

अर्थ संसार

शनिबार, ०८ बैशाख २०८१, ११ : ५९ मा प्रकाशित

सडकपेटीमै बाइक मर्मत गरि मोबिल पोख्ने वर्कसपलाई कारवाही

काठमाडौं महानगरले सडकपेटीमै बाइक मर्मत गरि मोबिल पोख्ने वर्कसपलाई कारवाही गरेको छ ।

महानगर प्रहरी बल पश्चिम क्षेत्रशाखाले बाइक वर्कसप अनुगमनकाेे क्रममा मापदण्ड विपरित कार्य गर्ने सात वर्कसपलाई कारवाही गरेको हो । ती वर्कसपले सडक पेटीमा मर्मत गर्ने, पेटीमा माेविल पाेखेर फाेहर गर्ने जस्ता कार्य गर्ने गरेको प्रहरीले जनाएको छ ।

ती वर्कसपलाई कार्यालयमा ल्याई १० हजारसम्म नगद जरिवाना गराइएको हो । आवागमन नै अवरुद्ध पार्ने गरि सडक छेवैमा वर्कसपहरु सञ्चालन गर्ने गरिएको छ । त्यस्ता वर्कसपका कारण प्रदूषण बढ्नेदेखि दुर्घटनाको सम्भावनासमेत बढ्ने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको