Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सांसद खतिवडाको आग्रह

अर्थ संसार

बुधबार, ०५ असार २०८१, १४ : १५ मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सांसद खतिवडाको आग्रह

नेपाल धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न  सरकारसँग सांसद रामहरी खतिवडाले आग्रह गरेका छन् । आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 ‘धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सत्तारुढ दलहरुका रस्साकस्सी पुगेको छ । कानुनी प्रक्रिया नपुराई अघि बढेको भन्ने सुन्नमा आएको छ । कानुन अनुसार नियुक्ति गर्ने पद्दतिको विकास होस्’ उनले भने ।

योसँगै राष्ट्रपतिले कुनै पार्टीको सदस्य नविकरण गरेको भए सेवा सुविधा बारे के हुन्छ सरकारले जवाफ दिनुपर्ने उनले माग गरेका छन् । ‘राष्ट्रपटिले कुनै पार्टीको सदस्य नविकरण गरेको पाइको छ । सदस्य नविकरण भएको भए पूर्व राष्ट्रपतिको सुविधा लिन पाउने हो होइन । संविधानमा के छ जवाफ दिनु पर्नेछ’ खतिवडाले भनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको