Like us!
Follow us!
Connect us!
Watch us!

जारी टी-२० विश्वकपमा आइसीसीले कति गर्दैछ पुरस्कार रकम वितरण ?

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १९ : ५८ मा प्रकाशित

जारी टी-२० विश्वकपमा आइसीसीले कति गर्दैछ  पुरस्कार रकम वितरण ?

आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्बाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ ।

आमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् ।

यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।

त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।

त्यस्तै नवौं देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन्  भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।

यस प्रतियोगितामा कुल ४० खेल हुने छन् । २० देशले भाग लिएको यस विश्कपमा ५ देशलाई एक समुहमा राखेर चार समुह बनाइएको छ । हरेक समुहमा एक अर्कासँग एक एक पटक खेलेपछि शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।

विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियम मा हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको