अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको बताएका हुन्।
उनले नैतिकताको उच्च मापदण्ड कायम गर्दै बनाएको आफ्नो छबि धमिल्याउने उद्देश्यले नियोजित रूपमा केही व्यक्तिहरू लागेको आरोप लगाए। आफूलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले समितिमा भावुक हुँदै गुनासो समेत व्यक्त गरे।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने,‘दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस