अर्थ संसार, बैतडी– प्रहरीले नेपाल– भारत सीमानाका झुलाघाटबाट चालु आव २०७४/७५ को हालसम्ममा २४ जनाको उद्घार गरेको छ ।
सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयका अनुसार उद्धार गरिनेमा १५ वर्षमुनिका बालबालिका र किशोरकिशोरी छन् ।
गत साउनमा तीन बालबालिका, भदौमा एक किशोर र सात बालबालिका, असोजमा ६ किशोरकिशोरी र दुई बालक, कात्तिकमा एक किशोर र तीन बालबालिका तथा मंसिरमा एक किशोरीको उद्घार गरिएको हो ।
सीमानाका झुलाघाटबाट उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइबुझाइ सम्बन्धित अभिभावकको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । विद्यालय पढ्ने बालबालिका विद्यालय छोडेर जाने तथा कुनैकुनै बालबालिका काम गर्नका लागि साथीको लहैलहमा घरबाट भागेर जाने गरेका छन् ।
“पढ्न मन नलागेर तथा आर्थिक अवस्था कमजोर भएका कारण भारत जाने गरेका छन्,” उहाँले भन्नुभयो ।
आव २०७३÷७४ मा झुलाघाटबाट २० बालबालिका र ३७ किशोरकिशोरीको उद्घार गरिएको थियो । आव २०७२÷७३ मा ६४ किशोरकिशोरी र आठ बालबालिकाको उद्घार गरिएको प्रहरीले जनाएको छ । उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरी प्रदेश नं ७ का पहाडी जिल्लाका साथै हुम्ला र मुगुका समेत रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस