Like us!
Follow us!
Connect us!
Watch us!

मादक पदार्थ सेवन गरि आफूसहित श्रीमती र तीन छोरीमाथि मट्टीतेल खन्याएर आगजनी

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १२ : ५४ मा प्रकाशित

मादक पदार्थ सेवन गरि आफूसहित श्रीमती र तीन छोरीमाथि मट्टीतेल खन्याएर आगजनी

काठमाडौंको चावहिलमा एक पुरुषले मादक पदार्थ सेवन गरि आफूसहित श्रीमती र तीन छोरीमाथि मट्टीतेल खन्याएर आगजनी गरेका छन् ।

चाबहिलस्थित सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चञ्चलबहादुर सिंहले मङ्गलबार राती उक्त घटना घटाएको जनाइएको छ । आगलागीमा परी उनका १६ वर्षीया र २४ वर्षीया दुई छोरी गम्भीर घाइते भएका छन् । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको जनाइएको छ ।

आगोबाट जलेका पाँचै जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । बाकिँ श्रीमती, ८ वर्षीया छोरी, घटना घटाउने सिंहको शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको