अर्थ संसार, काठमाडौँ- राष्ट्रिय जनमोर्चा ९राजमो०नेपालबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार डा निर्मलकुमार थापाले सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार थापाले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो ।
आफ्ना प्रस्तावक, समर्थक तथा सो क्षेत्रका सबै मतदातालाई नेकपा९माओवादी केन्द्र०का उम्मेदवार शर्मालाई नै मतदान गर्न उहाँले आग्रह गर्नुभयो । आफ्नो उम्मेदवारी फिर्ताबारे पार्टीको नेतृत्वलाई जानकारी गराएको तर पार्टी निर्णय भने हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै काठमाडौँ क्षेत्र नं १ का प्राध्यापक, बुद्धिजीवीको भेलाले वाम उम्मेदवार शर्मालाई मतदान गर्ने निर्णय गरेको जानकारी प्राडा राममान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अस्थिर सरकारबाट भोग्नुपरेका समस्याको अन्त्यका लागि वाम गठबन्धनका प्रतिनिधिलाई विजयी गराई राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वाससहित सो क्षेत्रका १०५ जना प्राध्यापकको भेलाले शर्मालाई गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार शर्माले जनमोर्चाका उम्मेदवार डा थापाको समर्थन र बुद्धिजीवीको समर्थनले आफूलाई थप हौसला बढेको भन्दै आफ्नो जित निश्चित रहेको बताउनुभयो ।
देश विकासका लागि युवालाई नेतृत्वमा ल्याउनुको विकल्प नरहेको भन्दै स्थिरता, विकास र समृद्धिका लागि आफूलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
काठमाडौँ क्षेत्र नं १ लाई धुवाँधुलोमुक्त, विषदिमुक्त बनाउन, नियमित खानेपानी, शैक्षिक केन्द्रका रुपमा विकास, सफा वाग्मती र धोबीखोला, वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाभत्ताजस्ता विषय आफ्नो एजेण्डा रहेको उहाँले जानकारी दिनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस