Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १४ : १५ मा प्रकाशित

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने बताएका छन् । मंगलबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए।

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए। उनले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए।

अर्थमन्त्री पुनले भने, ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ। त्यो बहस हुँदै आएको थियो। यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं। तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौं। संविधानले त्यो दिशा निर्देश गरिसकेको छ। त्यो हामीले अहिले प्रस्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दैछौं। त्यसको लागि काम गर्छौं। राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरूले नीति बनाइदिएको होइन। नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा। हामी स्पष्ट छौं, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ।’

उनले सरकार फेरिने कुरा स्वाभाविक भएपनि नीतिहरूको निरन्तरता हुन आवश्यक रहेको बताए। उनले सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रस्तुत गर्ने पनि बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको