Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ०८ : ४७ मा प्रकाशित

विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा गएराती सम्पन्न खेलमा नेपाल र यमनले २-२ को बराबरी खेलेका हुन् ।

नेपालका लागि सन्जीब विष्ट र जिलेस्पी जग कार्कीले एक एक गोल गरेका थिए । त्यस्तै यमनका लागि नासिर अल गहवाशी र मोह,अद अब्दुल्लाह अल दाहिले एक एक गोल गरेका थिए ।  

साथै यो खेलमा नेपालका गोलकिपर किरण लिम्बुले आफ्नो सयौं खेल खेलेका छन् । उनी नेपालका लागि सर्बाधिक अन्तराष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू' को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

समुह एचमा रहेको नेपालले यो बराबरीसँगै २०२६ को विश्वकप छनौटमा एक अंक हासिल गर्दै समाप्त गरेको छ । नेपालले ६ खेलमा ५ हार र एक बराबरी खेलेको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको