Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ०८ : ५१ मा प्रकाशित

टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित

पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

समुह ए अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

यस समुहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन् ।

अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको