Like us!
Follow us!
Connect us!
Watch us!

एलिनाको असन्तुष्टि:मैले स्याड सङमा भिडियो नै बनाउन नपाउने हो ?

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १३ : ४१ मा प्रकाशित

एलिनाको असन्तुष्टि:मैले स्याड सङमा भिडियो नै बनाउन नपाउने हो ?

विभिन्न कारणले बेलाबेलामा चर्चाको विषय बन्दै आएकी गायिका एलिना चौहान फेरि चर्चामा छाएकी छन् । यतिबेला उनको चर्चाको विषय रुँदै गरेको एक भिडियोको भएको छ । जसलाई उनले मंगलबार इन्स्टाग्राममा राखेकी थिइन् । रुँदै गरेको भिडियोमा उनको अनुहारमा नीलडाम देख्न सकिन्छ ।

भिडियो हिन्दी गीत ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे’मा बनाएकी छन् । भिडियोमा उनले क्याप्सनमा लेखेकी थिइन्,‘एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’

भिडियोलाई लिएर मानिसहरूले विभिन्न अनुमान गरेका छन् । केही अगाडि मात्र विवाह गरेकी एलिनाको पति–पत्नीबिच झगडा परेको हो कि भनेर कतिपयले अनुमान समेत लगाएका छन् ।

भिडियोमा विभिन्न टिप्पणी हुन थालेपछि एलिनाले आफैँले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट रोएको भिडियो हिन्दी गीतको राम्रो लागेर बनाएको बताउदै सञ्चारमाध्यमले पुष्टि नगरी आफूखुसी समाचार बनाएको भन्दै असन्तुष्टि जनाएकी छन् ।  

‘यो जस्ट एक्टिङ मात्रै हो है । गीत मन परेर बनाएको । नराम्रो नसोच्नुहोला कसैले,’ भन्दै उनी आफैँले कमेन्टमा लेखेपछि उनले अभिनयमात्र गरेको पुष्टि भयो । 

यसबाहेक पनि उनले यो भिडियोबारे स्पष्ट पारेकी छन् ।  ‘टिकटकमा मैले एउटा गीत धेरै देखिरहेको थिएँ । त्यो गीत युट्युबमा गएर हेरेँ । गीत राम्रो लाग्यो,’  उनी अगाडि थप्छिन्,  ‘मैले एउटा कन्सेप्ट बनाएँ । र, भिडियो बनाएर पोष्ट गरेँ ।’ 

धेरैले पिटेको भन्ने सोचे पनि त्यस्तो नभएको उनले स्पष्ट पारेकी छन् । आफूले भाइरल हुन यस्तो भिडियो नबनाएको उनको भनाई छ ।

‘भोलि कुनै स्याड सङ आउला, राम्रो लागेर मलाई सपोर्ट गर्न मन लाग्ला, के मैले बनाउनै नपाउनु ?,’  उनी प्रश्न गर्छिन्,  ‘मैले जहिले लभ परेको गीतमा मात्रै भिडियो (टिकटक) बनाउनु पर्ने हो ?’  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको