Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको अध्यक्ष चयन प्रक्रियाः  आइतबारको अन्तर्वार्तामा नआउनेलाई बुधबार बोलाइयो

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १८ : २६ मा प्रकाशित

सेबोनको अध्यक्ष चयन प्रक्रियाः  आइतबारको अन्तर्वार्तामा नआउनेलाई बुधबार बोलाइयो

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आइतबार भएको अन्तरवार्तामा सुनियोजित ढंगले अनुपस्थित भएका तीन जना उम्मेदवारहरुका लागि एक पटक मौका दिइएको छ ।  अर्थ मन्त्रालयले असार २ को कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित हुन नसकेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ५ गते बुधबार बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सञ्चालन हुने जनाएको हो ।

 कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरिञ्जिवी चापागाईं आइतबार तोकिएको अन्तर्वार्तामा अनुपस्थित थीए ।  बोर्ड अध्यक्षको अन्तवार्ताका लागि सर्टलिस्टमा परेका ३ जना उपस्थित नभएपछि छनोट समितिले बोलाएको हो ।

कानुनी व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि कम्तिमा तीन जनाको नाम सिफारिस समितिले सिफारिस गर्नुपर्ने हुन्छ  । २ जनाले मात्र अन्तर्वार्ता दिएका कारण बाँकीलाई पुनः बोलाउनु परेको हो ।आइतबार सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको मात्र अन्तर्वार्ता भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको