हिमालयन रिइन्स्योरेन्सको सर्वसाधारणलाई जारी गरिएको मध्य १५ लाख कित्ता सेयरको लकइन अवधि आज असार १० गतेबाट सकिदै छ।
सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता सेयरको लकइन खुल्न लागेको हो। नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइन राखिएको थियो। उक्त लकइन अवधि आज असार १० गतेबाट सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस