Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर, बजेटमा राना र भन्सारमा महतो

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १७ : १३ मा प्रकाशित

अर्थ मन्त्रालयका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर, बजेटमा राना र भन्सारमा महतो

अर्थ मन्त्रालयले मंगलबार पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। 

मन्त्रालयका सहसचिव नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख, नारायण सापकोटा र सुशीला अर्यालललाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको छ। 

सहसचिव रामकुमार महतोलाई भने भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। 

अर्थ मन्त्रालयका दुई सहसचिवलाई आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको थियो। 

अन्त:शुल्क स्टिकरको छपाइ सम्बन्धी निर्णयमा मुख्यसचिव बैकुन्ठ अर्यालसहित तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्‍य र उपमहानिर्देशक टंक पाण्डे लगायत १२ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको