Like us!
Follow us!
Connect us!
Watch us!

औद्योगिक विकास गरेर रोजगारी सिर्जना गर्ने सरकारको धेयः मन्त्री जोशी

शुक्रबार, १० मंसिर २०७३, १५ : २० मा प्रकाशित

औद्योगिक विकास गरेर रोजगारी सिर्जना गर्ने सरकारको धेयः मन्त्री जोशी

अर्थ संसार
काठमाडौं–उद्योग मन्त्री जोशी काठमाडौं– उद्योगमन्त्री नविन्द्रराज जोशी अष्ट्रियाको भियनामा आयोजित शान्तिः रोजगार आप्रबासनको मूल कारण सम्बोधन गर्नका लागि सहभागितात्मक र दीगो औद्योगिक विकास विषयमा बिहीबार आयोजित सामुहिक छलफल कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताको रुपमा सहभागि भएका छन् ।

संयुक्त राष्ट्र संघ उद्योग विकास संगठनका संस्थापक महानिर्देशकले संचालन गरको उक्त सामूहिक छलफल कार्यक्रमको उद्देश्य विश्व समुदायको सबैको चासोको विषय रहेको बसाइ सराइका बारेमा छलफल गरी यसको कारणहरु पत्ता लगाउनु रहेको छ । 

कार्यक्रममा यूएनआइडिओका इकाइका प्रतिनिधिहरुका साथै निजी क्षेत्र वक्ताको रुपमा रहेका थिए । कार्यक्रममा मन्त्री जोशीले नेपालमा बसाइसराइको विद्यमान अवस्थाको बारेमा चित्रण गर्नुका साथै यसमा नेपाल सरकारले गरेका मुुख्य कामहरुको बारेमा जानकारी गराए ।

‘रोजगारीको सिलसिलामा नेपालीहरु बसाइ सर्ने हुँदा नेपालमा दिगो र समावेशी रुपमा औद्योगिक विकास गरेर राष्ट्रिय स्तरमा रोजगारीको अवसर सृजना गर्नु हाम्रो ध्येय हो’, मन्त्री जोशीेले भने, ‘नेपाली दक्ष युवाहरुलाई विदेशीन नदिनका लागि उपयुक्त रोजगारी सृजना गर्छौ ।’ कार्यक्रममा मन्त्री जोशीले छलफलमा उठेका जिज्ञासा एवं प्रश्न उत्तरमा पनि सहभागिता जनाएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको