Like us!
Follow us!
Connect us!
Watch us!

के बजारका ट्रडेरको मुटु कमजोर छ? सरकारले नै कार्यान्यवन नगरेको प्रतिवेदनमा किन तर्सियो बजार ?

अर्थ संसार

बुधबार, ०५ असार २०८१, ०८ : ४७ मा प्रकाशित

के बजारका ट्रडेरको मुटु कमजोर छ? सरकारले नै कार्यान्यवन नगरेको प्रतिवेदनमा किन तर्सियो बजार ?

मंगलबार नेप्से परिसूचक१८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भयो। आइतबार घट्नुको मुख्य कारण नै कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको कुरा बन्यो।

विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितको प्रतिवेदन आइतबार भएको थियो। प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउन प्रतिवेदनमा सिफारिस गरिएको छ। 

जसमा व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ । 

सरकारले कार्यावन्यन नगरेको प्रतिवेदन 

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदन कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारले बजेट सार्वजनिक गर्नु भन्दा अगाडी नै बुझाई सकेको हो। समितले चैतको १८ गते प्रतिवेदन बुझाएको थियो जुन मन्त्रालयले हाल आएर सार्वजनिक मात्रै गरेको हो। 

यस प्रतिवेदनलाई सरकारले बजेट मार्फत कार्यावन्यन नै गरेन। वर्षमान पुनले सार्वजनिक गरेको अबको आर्थिक वर्ष २०८१/८२ को बजेटमा सेयर कारोबारको पूंजीगत लाभकर सम्बन्धि केहि करका दर परिवर्तन गरिएका छैनन। 

अर्थमन्त्रालयको ५% वा ७.५% पुँजीगत लाभकर अन्तिम हुने सूचना

सरकारले गतवर्ष लगानीकर्ताहरूलाई साक्षी राखेर २०८०।२।२१ गते अर्थमन्त्रालयले पत्रकार सम्मेलन नै गरेर ५% वा ७.५% पुँजीगत लाभकर अन्तिम हुने व्यहोरा लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि भनी सूचना नै जारी गरिसकेको छ। यस व्यवस्थालाई समितिले अध्ययन नै नगरेको समितले आफ्नो सुझावमा गोलमटोल ढङ्गले केही करका दरहरू बढाउनुपर्ने सुझाव दिएका कुरा कार्यान्वयनमा आउन सम्भवै नभएको हो। 

खेलाडीको सेयर फुटाउने नीति 

सेयर कारोबारमा हालको करको दर ५% तथा दीर्घकालीन लगानीको ३६५ दिनभन्दा माथिको कारोबारमा लाग्ने पाँच प्रतिशत कर नै अन्तिम भएको व्यहोरा अर्थमन्त्रालय नै पत्रमार्फत लगानीकर्तालाई साक्षी राखेर प्रष्ट पारिसकेपछि पटकपटक त्यही व्यवस्थालाई देखाउँदै बजारका ट्रडेरलाई तर्साउने नीति ठुलाले लिने गरेका छन्। साना तथा दीर्घकालीन योजना नभएका लगानीकर्ताको सेयर फुत्काएर ठूला लगानीकर्ताले खाने योजना बनाएको प्रष्ट बुझ्न सकिन्छ ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको