Like us!
Follow us!
Connect us!
Watch us!

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई कारबाही

अर्थ संसार

बुधबार, ०५ असार २०८१, ०९ : १९ मा प्रकाशित

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई कारबाही

नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ ।

जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए । 

आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको