Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकप: अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

अर्थ संसार

विहीबार, ०६ असार २०८१, ०९ : ०१ मा प्रकाशित

टी-२० विश्वकप: अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

दक्षिण अफ्रिकाले सुपर आठ अन्तर्गतको खेलमा अमेरिकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । अमेरिकाका लागि आन्द्रिज गोउसले सर्बाधिक ८० रन बनाएका थिए भने हर्मीत सिंहले ३८ रन बनाए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १९४ रन बनाएको थियो । जसमा क्वेंटन डिककले सर्बाधिक ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले ४६, हेनरिक क्लासेनले ३६ तथा ट्रीस्टान स्टब्सले २० रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठको समुह १ मा २ अंक हासिल गरेको छ । अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २१ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन २२ मा वेस्ट इन्डिजसँग खेल्ने छ ।
        

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको