Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशमाथि भारत ५० रनले विजयी

अर्थ संसार

आइतबार, ०९ असार २०८१, ०७ : ४८ मा प्रकाशित

बंगलादेशमाथि भारत ५० रनले विजयी

भारतले जारी टी- २० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो । यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

यो जितपछि समुह एक मा भारतको २ खेलमा ४ अंक पुगेको छ र भारत सेमिफाइनल नजिक पुगेको छ । त्यस्तै बंगलादेश भने सुपर आठमा लगातार दोस्रो हारपछि सेमिफाइनलको सम्भावना कठिन भएको छ ।

अब भारतले सुपर आठको अन्तिम खेलमा सोमबार राती अस्ट्रेलियाको सामना गर्ने छ भने बंगलादेशले मंगलबार बिहान अफगानिस्तानको सामना गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको