Like us!
Follow us!
Connect us!
Watch us!

युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

अर्थ संसार

विहीबार, ०६ असार २०८१, ०८ : ४२ मा प्रकाशित

युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

 जारी युरोकप अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा समुह ए अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड एक एक गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्वीजरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि स्वीजरल्याण्डको समुह ए मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीजरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले जुन २४ मै हंगेरीको सामना गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको