Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चय कोषद्वारा चालू आवको सावाँ र ब्याज बुझाउन ऋणीलाई आग्रह

अर्थ संसार

मंगलबार, ११ असार २०८१, ११ : १० मा प्रकाशित

सञ्चय कोषद्वारा चालू आवको सावाँ र ब्याज बुझाउन ऋणीलाई आग्रह

कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्षमा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन आग्रह गरेको छ । 

कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज यही असारभित्र बुझाउन आग्रह गरेको हो । 

साथै, नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई ब्याज छुटको समेत व्यवस्था रहेको कोषले जनाएको छ । 

सापटीको सावाँ र ब्याजको किस्ता नियमित नतिरेमा कानुनबमोजिम असुली गरिने चेतावनीसमेत कोषले दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको