Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सञ्चालनमा

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०८ : ५३ मा प्रकाशित

नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सञ्चालनमा

नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सञ्चालनमा आएको छ ।

आस्था ज्योतिष प्रालिले २०८१ जेठ ४ गतेदेखि आस्था ज्योतिष प्लेटफर्मअन्तर्गत वेबसाइट र एन्ड्रोइड एप सञ्चालनमा ल्याएको हो ।

नेपालका विद्वान ज्योतिषीहरूलाई एउटै प्लेटफर्ममा ल्याउन यो प्लेटफर्मको विकास गरिएको कम्पनीका सञ्चालक पण्डित प्रदीपराज पन्तले जानकारी दिए ।उनका अनुसार यो प्लेटफर्मबाट सेवाग्राहीले लाइभ अडियो, भिडिओ कल वा च्याटमार्फत विभिन्न ज्योतिषीहरूसँग परामर्श लिन सक्नुहुने छन् परामर्श दर ज्योतिषीहरूको अनुभवअनुसार फरक-फरक जनाइएको छ ।

यो प्लेटफर्ममा नेपालका विद्वान ज्योतिषी ब्राह्मण आबद्ध छन् ।

आस्था ज्योतिष एपमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलसमेत हेर्न सकिनेछ ।

त्यस्तै आफ्नो कुण्डली (चिना) निर्माण, बर-बधूको गुण मिलान, पञ्चाङ्ग आदि सेवा लिन सकिने पण्डित पन्तले जानकारी दिए ।

यसका साथै ज्योतिषी तथा पूजापाठसम्बन्धी सेवा, अनलाइन पूजापाठ का सम्पूर्ण सामानदेखि लिएर रत्न, रुद्राक्ष, माला आदि बुक गर्न सकिनेछ ।

यो एपमा ज्योतिष ब्लग र ज्योतिषीय तथा आध्यात्मिक भिडियो पनि उपलब्ध छ ।

यो प्लेटफर्मलाई नेपाल, भारत लगायतका अन्य देशहरूमा पनि विस्तार गर्ने कम्पनीको योजना रहेको छ । अहिले अङ्ग्रेजी, नेपाली र हिन्दी तीन भाषामा उपलब्ध छ ।

यो एप अहिले गुगल प्ले स्टोरमा Astha Jyotish नाम ले उपलब्ध छ ।

अहिले वेबसाइट र एन्ड्रोइड प्लेटफर्मको रूपमा सार्वजनिक भएको छ र छिट्टै आईओएस भर्सनमा उपलब्ध हुनेछ । https://bit.ly/4eyfYvC याे लिंक खोलेर डाउनलोड गर्न सकिने छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको